एयरपोर्ट नजिकैको सिटी गेस्ट हाउसमा आगलागी

सोमबार, २१ साउन २०८१, १३ : ३०

काठमाडौँ - त्रिभुवन विमानस्थल नजिकै रहेको सिटी गेस्ट हाउसमा सोमबार दिउँसो आगलागी भएको छ । 

प्रहरी वृत्त गौशालाका डिएसपी केशव थेबेका अनुसार हाल आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । प्रहरीसहित वारुणयन्त्रहरू घटनास्थलमा पुगेका छन् ।आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी रहेको छ ।

 

 

सोमबार, २१ साउन २०८१, १३ : ३०

प्रतिक्रिया