बंगलादेशमा इन्टरनेट सेवा पुनः सुचारु

सोमबार, २१ साउन २०८१, १६ : ०६

काठमाडौँ- बंगलादेशमा इन्टरनेट सेवा सुचारु भएको छ । सोमबार दिउँसो १ः२० बजेतिर इन्टरनेट सेवा पुनः सुचारु गरिएको इन्टरनेशनल इन्टरनेट गेटवे (आईआईएफ) का एक अधिकारीले बताएका छन् । 

विद्यार्थीहरूको विरोध प्रदर्शन चर्किएपछि सरकारले बिहान १०ः३० बजे इन्टरनेट सेवा बन्द गर्न आदेश दिएको थियो । फोरजी मोबाइल इन्टरनेट सेवा पनि खुलाइएको छ । देशभरको हिंसक आन्दोलनमा दर्जनौँ प्रदर्शनकारी विद्यार्थी र प्रहरीको मृत्यु भएपछि सोमबार सरकारले मोबाइल इन्टरनेट सेवा बन्द गरेको थियो ।

-एजेन्सी

सोमबार, २१ साउन २०८१, १६ : ०६

प्रतिक्रिया