सकियो लगानी बोर्डका सिईओ भट्टको कार्यकाल

सोमबार, २१ साउन २०८१, १८ : ०५

काठमाडौं - लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुशील भट्टले चार वर्षे कार्यकाल सकिएको छ । 

२०७७ साउन १९ गते बोर्ड सीईओ नियुक्त भएका भट्टको चार वर्षको कार्यकाल पूरा भएको हो । उनले चार वर्षको कार्यकाल सफलतापूर्वक पूरा गरेको जनाएका छन् ।

उनले ट्विटरमा भनेका छन्, ‘मैले लगानी बोर्डको सिईओको रूपमा चार वर्षको कार्यकाल सफलतापूर्वक पूरा गरेको छु । म यस महत्त्वपूर्ण जिम्मेवारीका लागि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल सरकारप्रति कृतज्ञ छु। मलाई यस्तो महत्त्वपूर्ण जिम्मेवारी सुम्पिनुभएकोमा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली र नेपाल सरकारको तर्फबाट धन्यवाद ।’   

सोमबार, २१ साउन २०८१, १८ : ०५

प्रतिक्रिया