पत्रपत्रिका वर्गीकरणको प्रारम्भिक नतिजाप्रति प्रेस सेन्टर नेपालको गम्भीर ध्यानाकर्षण

सोमबार, २१ साउन २०८१, १८ : ३७

काठमाडौँ - प्रेस काउन्सिल नेपालले गरेको आर्थिक वर्ष २०७८\७९ को पत्रपत्रिका वर्गीकरण र मूल्याङ्कनको प्रारम्भिक नतिजाप्रति प्रेस सेन्टर नेपालले गम्भीर ध्यानाकर्षण देखाएको छ । 

नेपाल सरकारद्वारा गठित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहत रहेको पत्रपत्रिकाको नियमनकारी एक मात्र निकाय प्रेस काउन्सिल नेपालले २०८१ साउन १८ गते सार्वजनिक गरेको वर्गीकरणको नतिजा अध्ययन गर्दा पूर्वाग्रही र तथ्यहीन देखिएको छ। विगतमा क र ख लगायत माथिल्ला वर्गमा परेका र निरन्तर सोही मापदण्ड अनुसार प्रकाशित जन पक्षीय पत्रिकाहरूलाई छानी छानी तल्लो वर्गमा झार्ने काम भएको तथ्यहरू देशभरबाट आइरहेका छन् ।

त्यसै गरी उस्तै मापदण्ड भएका अन्य पत्रिकाहरूलाई माथिल्लो वर्गमा राखिएका प्रमाणहरू पनि आइरहेका छन् । त्यसै गरी मापदण्डमा आवश्यक कागजात र प्रमाणहरू पेस गर्दासमेत हराएको वा अनेक बहाना बनाएर वर्गीकरणमा नपारेको र अन्य केही मापदण्ड पुरा नगरेका तथा प्रकाशन नै नभएका पत्रिकाहरूलाई समेत माथिल्लो वर्गमा पारिएका प्रमाणहरू फेला परेका छन् । 

साना लगानीका मिडिया र स्वरोजगार मूलक मिडियाहरूलाई टिकाउन मुख्य आधार बनेको सरकारद्वारा प्रदान गरिने लोक कल्याणकारी विज्ञापनको लागि बनाइएको मापदण्ड पुरा गरेका पत्रपत्रिकाहरूमाथि गरिएको व्यवहार राजनीतिक पूर्वाग्रह प्रेरित देखिएको प्रेस सेन्टर नेपालको ठहर छ। 

facebook_1722861928894_7226206679807846229

 

 

 

 

 

सोमबार, २१ साउन २०८१, १८ : ३७

प्रतिक्रिया