काठमाडौँ- व्यवसायी श्रवणकुमार अग्रवालको निधन भएको छ। आरएमसी समूहका संस्थापक अग्रवालको ७७ वर्षको उमेरमा सोमबार निधन भएको हो।
औद्योगिक घराना आरएमसी समूहका संस्थापक अध्यक्ष अग्रवाल ५८ वर्षदेखि विभिन्न उद्योग व्यवसायमा संलग्न थिए। राजेश मेटल क्राफ्टका संस्थापक अग्रवालको अगुवाइमै आरएमसी सिमेन्ट, पाल्पा सिमेन्ट, आरएमसी फुड्स उद्योग सञ्चालनमा छन्।
मारवाडी सेवा समितिका पूर्वअध्यक्ष समेत रहेका अग्रवाल दुई पटक संविधान सभाको सदस्य समेत थिए। दिवंगत अग्रवाल नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालका बाबु हुन् । अग्रवालको मंगलबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिँदै छ ।
प्रतिक्रिया