काठमाडौँ- भक्तपुरको हनुमन्ते खोलले खतराको बिन्दु पार गरेको छ। सोमबार बेलुकादेखि निरन्तर परिरहेको वर्षाका कारण खोलाले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको हो। जल तथा मौसम विभागले खोला आसपास रहेकाहरूलाई सुरक्षित रहन आह्वान गरेको छ।
मोबाइलमार्फत सूचना पठाउँदै विभागले भनेको छ, ‘भक्तपुर जिल्लाको हनुमन्ते खोला जगाती बाढीमापन केन्द्रमा हाल जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले हनुमन्ते खोला नदी तटीय क्षेत्रमा रहनुहुनेहरु बेलुका ५ बजे सम्म उच्च सतर्कता अपनाऔं।’
विभागका अनुसार मंगलबार र बुधबार देशका अधिकांश भागमा भारी पानी पर्ने सम्भावना छ। अवरल वर्षाका कारण देशका अरू भू-भागमा पनि बाढी पहिरोको जोखिम बढेको छ।
प्रतिक्रिया