बागलुङमा पहिरोमा पुरिएर ७ जनाको मृत्यु

मंगलबार, २२ साउन २०८१, १५ : २२

काठमाडौँ - बागलुङमा पहिरोले पुरिएर छुट्टाछुट्टै ठाउँमा ७ जनाको मृत्यु भएको छ । 

बडिगाड गाउँपालिका ९ र १० नम्बर वडामा अविरल वर्षाका कारण पहिरो झर्दा उनीहरूको मृत्यु भएको हो । वडा नम्बर १० स्थित दर्लिङको आरुपाटामा एकै परिवारका ८ जना पहिरोमा पुरिएका हुन् । तीमध्ये ५ जनाको शव निकालिएको छ भने २ जना बेपत्ता छन् । एक जनाको घाइते अवस्थामा उद्धार गरिएको गाउँपालिका अध्यक्ष गण्डकी थापाले जानकारी दिइन् । 

उनीहरूको पहिचान खुल्न बाँकी छ । वडा नम्बर ९ को नयाँ बस्तीमा बिहानै पहिरोले पुरिँदा १४ वर्षका विधान परियारको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । यस्तै, सोही वडाको खहरे खोलामा पहिरोकै कारण २४ वर्षका गंगा बस्नेतको मृत्यु भएको छ । 

मंगलबार, २२ साउन २०८१, १५ : २२

प्रतिक्रिया