बोलेरो जिप दुर्घटना हुँदा १४ जना घाइते

मंगलबार, २२ साउन २०८१, १६ : १३

काठमाडौँ - जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

जाजरकोटको खलङ्गादेखि भेरी नगरपालिका–६, नेटाबजार जाँदै गरेको ग १ ज ७७११ नम्बरको जिप केहीबेर अघि  भेरेमा दुर्घटनामा परेको हो । दुर्घटनामा परेर १४ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । घाइतेहरूमध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

मंगलबार, २२ साउन २०८१, १६ : १३

प्रतिक्रिया