अष्ट्रेलियाकी राजदूत भोल्क र राष्ट्रपति पौडेलबीच बिदाई भेट

सोमबार, २८ साउन २०८१, १७ : १७

काठमाडौँ - नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलेसिटी जेन भोल्कले  राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार बिदाई भेट गरेकी छन् । 

सोमबार राजदूत भोल्कले राष्ट्रपति पौडेलसँग बिदाई भेट गरेकी हुन् । भेटका क्रममा राष्ट्रपति पौडेल र राजदूत भोल्कबिच नेपाल र अष्ट्रलियाबिच रहि आएको द्धिपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता बसन्तप्रसाद पन्थीले जानकारी दिएका छन् ।

राष्ट्रपति पौडेलले राजदूत भल्कलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको धन्यवाद समेत दिएका छन् । 
 

सोमबार, २८ साउन २०८१, १७ : १७

प्रतिक्रिया