मेलम्ची–हेलम्बु जोड्ने झोलुङ्गे पुल जोखिममा

मंगलबार, २९ साउन २०८१, १२ : ३४

काठमाडौँ - हेलम्बु गाउँपालिकाको तालामाराङमूनि रहेको हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिका जोड्ने झोलुङ्गे पुल बाढीले गर्दा जोखिममा पारेको छ । 

हेलम्बु गाउँपालिका- ४ र मेलम्ची नगर- ७ जोड्ने सो पुल जोखिममा परेपछि स्थानीयलाई आउजाउ समस्या परेको छ । नदीले पुलको जग खोतलेर पुललाई धरापमा पारेको छ । बाढीले पुललाई क्षति गरेपछि त्यस आसपासका बस्तीका मानिसलाई उच्च सतर्कता अपनाउन हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आग्रह गरे ।  

सो पुल क्षति भएमा मेलम्ची नगर र हेलम्बु गाउँपालिकाका केही वडा पूर्णरुपमा आउजाउ बिच्छेद हुनेछन् । सो पुल बाहेक अन्य पुल र बाटो नभएकाले एक वडाका मानिस अर्को वडा र पालिकामा आवत–जावतमा रोकिने छन् ।

सो पुल जोखिममा परेपछि अध्यक्ष शेर्पाले सो पुल रहेको माथिल्लो भागमा नयाँ पुल निर्माणका लागि जग्गा ब्यवस्थापन गरी पुल हालिने कार्य अघि बढाउने उद्घोष गरेका छन् ।  
 

मंगलबार, २९ साउन २०८१, १२ : ३४

प्रतिक्रिया