काठमाडौँ -आफ्नै बुवाको हत्या गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् ।
६० वर्षीय लाल बहादुर घिमिरे विकको हत्या गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो । हरिहरपुरगढी गाउँपालिका- ७ पन्थचौरी लामपात बस्ने २१ वर्षीय अमृत घिमिरे विकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अमृतले लाल बहादुरलाई सुतेको अवस्थामा बन्चरो प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
यसबारे खबर प्राप्त हुनासाथ प्रहरी चौकी क्यानेश्वर र इलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले अमृतलाई बन्चरोसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया