बुटवलमा स्कुटर दुर्घटना हुँदा एक  किशोरको मृत्यु

मंगलबार, २९ साउन २०८१, १५ : ४२

काठमाडौँ - बुटवल उपमहानगरपालिका- ७ दिपनगरमा स्कुटर दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ ।

दिपनगरको कमलपोखरीबाट  हाटबजारतर्फ जाँदै गरेको लु.९४ प ४८०६ नम्बरको स्कुटर अनियन्त्रित भई पल्टिएर दुर्घटना हुँदा  गुल्मीको मदाने गाउँपालिका- ६ घर भई हाल बुटवल उपमहानगरपालिका- १३ बेलबास बस्ने १९ वर्षीय शिशिर कुँवरको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय बुटवले दुर्घटनामा गम्भीर घाइते भएका कुँवरको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाएको छ ।घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

मंगलबार, २९ साउन २०८१, १५ : ४२

प्रतिक्रिया