स्याङ्जाको बिरुवा गाउँपालिका अध्यक्षविरुद्ध पक्राउ पुर्जी

मंगलबार, २९ साउन २०८१, १७ : ०६

काठमाडौँ - स्याङ्जाको बिरुवा गाउँपालिकाका अध्यक्ष सुर्य बहादुर कुँवरलाई पक्राउ पुर्जी जारी भएको छ । 

सहकारीको रकम अपचलन गरेको अभियोग लागेपछि अनुसन्धानका लागि कुँवर सहित तीन जना बिरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।  स्याङ्जाको सूर्योदय बचत तथा ऋण सहकारीमा तत्कालिन सचिव हुँदा देखिएको हिनामिनाका विषयमा उनीमाथि उजुरी परेको स्याङ्जा प्रहरीका एक अधिकारीले जानकारी दिए। 

उनका अनुसार, गत साउन ११ गते सोही सहकारीका सञ्चालक जीवन वाग्लेलाई पक्राउ गरेको थियो। सहकारीमा बचतकर्ताको रकम हिनामिना भएको भन्दै ध्रुवनारायण श्रेष्ठले साउन १० मा जाहेरी दिएका थिए। 

मंगलबार, २९ साउन २०८१, १७ : ०६

प्रतिक्रिया