भैरहवामा कजारिया रमेश टायल्स उद्योग सञ्चालन

मंगलबार, २९ साउन २०८१, १७ : ४७

काठमाडौँ - कजारिया रमेश टायल्सले भैरहवामा चार अर्ब रुपैयाँ लगानीमा टायल्स उद्योग सञ्चालन गरेको छ । 

सोमबारदेखि सञ्चालनमा आएको कारखानाले नेपाली बजारमा माग अनुसार उच्च गुणस्तरका टायल्स उत्पादन हुने कम्पनीले जनाएको छ । नेपालमा उच्च गुणस्तरका टायल्स उत्पादनसँगै मूल्य पनि सहज हुने हुँदा उपभोक्ताले लाभ उठाउने विश्वास कम्पनीको छ ।

कजरिया सेरामिक्स लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक अशोक कजरियाले अत्याधुनिक प्लान्ट स्थापनासँगै नेपालको बढ्दो टायल्स बजारलाई सक्षम बनाउने बताए । कजरिया रमेश टायल्स लिमिटेडका अध्यक्ष प्रतिक जलानले मुलुकको अर्थतन्त्रलाई सहयोग गर्दै टायलमा आत्मनिर्भर हुने लक्ष्यको पहिलो प्रक्रिया पार गरेको बताए ।


 

मंगलबार, २९ साउन २०८१, १७ : ४७

प्रतिक्रिया