कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ

मंगलबार, २९ साउन २०८१, १७ : ५२

काठमाडौँ - एक किलो १०४ ग्राम कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ परेका छन्।

सोमबार काठमाडौं महानगरपालिका- १० नयाँ बानेश्वरस्थित एक होटलबाट ५८ वर्षीय तान्जानियन नागरिक जुमा अब्दुल्ला एमजीलाई पक्राउ गरेको हो। उनको शरीर र कोठामा तलासी लिँदा प्रहरीले नाइक लेखिएको झोलाभित्रबाट ८० वटा क्याप्सुलहरू बरामद गरेको हो।

उक्त क्याप्सुलमा एक किलो १०४ ग्राम कोकिन रहेको खुलेको हो। त्यसैगरी उक्त कोकिनको डेलिभरी लिन आएका भारतीय नागरिक के जुचोबेनी सोपोइलाई पक्राउ गरेको हो। उनले ती कोकिन भारतमा लैजान लागेको प्रहरीले जनाएको छ। अवैध बजारमा उक्त कोकिनको ३ करोड ८७ लाख हुन आउने ब्युरोले जनाएको छ।


 

मंगलबार, २९ साउन २०८१, १७ : ५२

प्रतिक्रिया