कर्णाली राजमार्ग ४५ घण्टापछि सञ्चालनमा

मंगलबार, २९ साउन २०८१, १८ : ०३

काठमाडौँ - कर्णाली राजमार्ग ४५ घण्टापछि सञ्चालनमा आएको छ । कर्णाली राजमार्गको कालीकोट खण्डका विभिन्न ठाउँ पहिरोले अवरुद्ध भएको थियो । 

कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. १० चौखोलामा आएको पहिरो पन्छाइएपछि रोकिएका यातायातका तथा मालवहाक गाडी गन्तव्यतर्फ लागेका छन् । 

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायव निरिक्षक अर्जुन केसीले दुई वटा ब्रेकरको प्रयोग भए पनि सडकमा थुप्रिएका ढुङ्गा पन्छाउन नसकेपछि सडकको भित्ताबाट नयाँ ट्रयाक खोलेर सडक सञ्चालनमा ल्याएको बताए  । 

मंगलबार, २९ साउन २०८१, १८ : ०३

प्रतिक्रिया