राधी विद्युत कम्पनीको नाफा घट्यो

बुधबार, ३० साउन २०८१, १२ : ०९

काठमाडौं- राधी विद्युत कम्पनी लिमिटेडले गत वर्ष खुद नाफा १७ दशमलव ७२ प्रतिशत कम गरेको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म ११ करोड २७ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष ९ करोड २७ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको हो । गत वर्ष कम्पनीको आम्दानी कम हुँदा नाफामा असर परेको हो । 

अघिल्लो वर्षभन्दा गत वर्ष विद्युत विक्री आम्दानी २४ दशमलव १६ प्रतिशत कम भएको छ भने वित्रीय आम्दानी ३७ दशमलव ३२ प्रतिशतले घटेको छ । गत वर्ष कम्पनको विद्युत विक्रीबाट भएको आम्दानी ९ करोड ७४ लाख रूपैयाँभन्दा बढी र वित्तीय आम्दानी १० करोड ५८ लाख रूपैयाँभन्दा बढी रहेको छ ।

 हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ७५ करोड ५५ लाख रूपैयाँभन्दा बढी र अन्य इक्वीटी ३४ करोड ७७ लाख रूपैयाँभन्दा बढी छ । कम्पनीको कर्जा सापटी गत चौथो त्रैमाससम्म ८ करोड ९९ लाख रूपैयाँभन्दा बढी छ । वार्षिक प्रतिशेयर आम्दानी ५ रूपैयाँ २८ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ११९ रूपैयाँ ८१ पैसा छ ।

बुधबार, ३० साउन २०८१, १२ : ०९

प्रतिक्रिया