यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते

शुक्रबार, ३२ साउन २०८१, ०७ : ४०

काठमाडौं- दिपायल सिलगढी नगरपालिका–४ समूहगाडमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । 

धनगढीबाट दिपायलतर्फ आइरहेको शैलेश्वरी यातायातको ना५ख ४४५१ नम्बरको बस आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी दिए। दुर्घटनामा घाइते भएकाहरूको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ । बस सडकबाट करिब ३५ मिटर तल खसेको छ । 

शुक्रबार, ३२ साउन २०८१, ०७ : ४०

प्रतिक्रिया