नेशनल हाइड्रोपावर घाटामा, प्रतिशेयर आम्दानी पनि ऋणात्मक

आइतबार, ०२ भदौ २०८१, ०९ : ५६

काठमाडौं- नेशनल हाइड्रोपावर कम्पनी गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा घाटामा रहेको देखिएको छ ।

समीक्षा अवधिमा २ करोड ४९ लाख रुपियाँ नोक्सानीमा पुगेको छ । अघिल्लो आर्थिक वर्ष कम्पनीले ४८ लाख ३२ हजार रुपियाँ नाफा कमाएको थियो। त्यस्तै असार मसान्तसम्म ४ करोड २ लाख रुपियाँ विद्युत् बिक्री आम्दानी गरेको छ । अघिल्लो आवमा यस्तो आम्दानी ४ करोड ६८ लाख रुपियाँ थियो । यो अघिल्लो आवको तुलनामा आम्दानी १४.११ प्रतिशत घटेको हो। त्यस्तै समीक्षा अवधिमा कम्पनीको कुल नाफा ६१.८४ प्रतिशत घटेर ७७ लाख रुपियाँ पुगको छ भने वित्तीय खर्च १४९.२८ प्रतिशत बढेर ६२ लाख रुपियाँ पुगेको छ । 

साथै, गत आवको असार मसान्तसम्ममा कम्पनीको सञ्चालन मुनाफा ७० लाख ६८ हजार रुपियाँ ऋणात्मक छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १ करोड १२ लाख रुपियाँ मुनाफा कमाएको थियो । 

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १.१ रुपियाँ ऋणात्मक छ भने प्रतिशेयर नेटवर्थ भने १०० .४२ रुपियाँ छ । २ अर्ब ४६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ९५ लाख रुपियाँ सञ्चित छ ।

आइतबार, ०२ भदौ २०८१, ०९ : ५६

प्रतिक्रिया