यी राशिलाई आज हुन सक्छ जोखिम हेनुस् राशिफल

सोमबार, ०३ भदौ २०८१, ०६ : ४८

काठमाडाैं- आज वि।सं।२०८१ साल भदौ महिनाको ३ गते सोमबार, श्रावण शुक्लपक्षको पूणिमा तिथि । आज जनैपूर्णिमा, रक्षाबन्धन रहेको छ । यी राशिलाई आज हुन सक्छ जोखिम हेनुस् राशिफल

मेष 
 पारीवारिक जीवनमा द्वन्द देखा पर्न जाने छ । मनमा दुविधा धेरै आउँदा निर्णय क्षमतामा कमि आउने छ । 

वृष
दृढ खालको व्यक्तित्व हुँदाहुँदै पनि रिस भने असाध्यै चर्को हुने हुँदा कामहरु बिग्रिन पुग्ने भएकाले संयमित रहनु होला । 

मिथुन 
मेहनत र पराक्रमी भाव मनमा उत्पन्न हुने छ । तर भाग्यको साथ नभएकाले आँटेका कामहरु पुरा हुन कठिन हुन जाने छ । 

कर्कट
प्रेम तथा रोमान्समा सफलता मिल्ने छ । दाम्पत्य जीवनमा जीवनसाथिको प्यार र प्रेमले जीवन मग्न हुने छ । दृढ खालको व्यक्तित्व हुने छ । 

सिंह
जीवनमा प्राप्त भए गरेका सकारात्मक पक्ष भन्दा नकारात्मक विषयमा बढि मन जाने छ । बोलीमा कडापन आउँदा यसले द्वन्द देखा पर्ने छ ।

कन्या
भाग्यको बलियो साथ रहेको छ । आम्दानीमा धेरै केही बृद्धि हुन जाने छ । पेशागत जीवनमा भने संघर्ष गर्नु पर्ने छ ।

तुला
जीवनमा उपलब्धिहरु परिवारप्रति समर्पित गर्न मन लाग्ने छ । यसले पारीवारिक जीवनमा खुशीयाली ल्याउने छ । बोली नरम रहने छ । 

वृश्चिक
मनमा सकारात्मक भन्दा नकारात्मक विचारले पेल्ने हुँदा जीवन र जगतलाई सकारात्मक दृष्टिकोणबाट हेर्ने प्रयास गर्नु होला । 

धनु 
पारीवारिक जीवन सामान्यतया सकारात्मक रहने छ । साझेदारमिा गरिएका कामहरुमा बिबाद देखा पर्ने छ । 

मकर 
कमजोर मनोवल हुन पुग्ने छ । शारीरिक थकान र शरीर कमजोर हुन जाने छ ।
कुम्भ 
बौद्धिक स्तरमा बृद्धि हुने छ तर त्यसको कदर नहुँदा मनमा खिन्नता आउने छ । 

मीन
पेशागत जीवनमा कदर र उन्नति हुने पेशाप्रति प्रतिबद्ध हुन मन लाग्ने छ । 

सोमबार, ०३ भदौ २०८१, ०६ : ४८

प्रतिक्रिया