सुदूरपश्चिममा निजामती सेवा ऐनसम्बन्धी संशोधन विधेयक पारित

मंगलबार, ०४ भदौ २०८१, १४ : २५

काठमाडौँ- सुदूरपश्चिम प्रदेश सभाले निजामती सेवा ऐनसम्बन्धी संशोधन विधेयक पारित गरेको छ।

मंगलबारको प्रदेश सभा बैठकले ‘सुदूरपश्चिम निजामती सेवा ऐन ०७९’ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो। आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्कीले प्रदेशसभा बैठकमा उक्त विधेयक प्रस्तुत गरेका थिए।

विपक्षी दल नेकपा (माओवादी केन्द्र) र सत्ता घटक नागरिक उन्मुक्तिका सांसदले उक्त विधेयक समावेशीताको सिद्धान्त विपरीत आएको भन्दै विरोध गरेका थिए।

माओवादी केन्द्रका सांसद शिवसिंह ओली र नागरिक उन्मुक्तिका संसदीय दल नेता घनश्याम चौधरीले विधेयक राना थारु समुदायको मर्म र भावना विपरीत आएको भन्दै आपत्ति जनाएका हुन्।

मंगलबार, ०४ भदौ २०८१, १४ : २५

प्रतिक्रिया