वीर अस्पतालमा अवरुद्ध विद्युत् २४ घण्टापछि सुचारु

विहीबार, ०६ भदौ २०८१, १५ : ३८

काठमाडौँ - वीर अस्पतालमा अवरुद्ध भएको विद्युत् २४ घण्टापछि सुचारु भएको छ । 

बुधबार बिहान करिब १० बजेदेखि नै ट्रान्समिटर पड्केर अवरुद्ध विद्युत् बिहीबार बिहान १० बजेपछि सुचारु भएको अस्पतालले जनाएको छ । २४ घण्टा विद्युत् अवरोध हुँदा दन्त विभागको सेवा केही अवरोध भएको थियो । 

इमर्जेन्सी उपचार सेवामा जेनेरेटरको प्रयोग गरिएको अस्पतालले जनाएको छ । आज बिहान विद्युत् सुचारु भएदेखि उपचार सेवा सामान्य अवस्था भएको अस्पतालले जनाएको छ । 

विहीबार, ०६ भदौ २०८१, १५ : ३८

प्रतिक्रिया