निजी कम्पनीहरुसँग मिलेर नेपाल एयरलाइन्सका जहाजहरु ग्राउण्डेड गराएको सांसद झाको आशंका

 
काठमाडौं – सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सका सबै जहाजहरु ग्राउण्डेड भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले  सरकारको ध्यानाकर्षण गराएका छन्। उनले आवश्यक कदम चाल्न पनि सरकारलाई सुझाव दिएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद झाले नेपाल एयरलाइन्सका सबै जाहाजहरु ग्राउण्डेड भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

सांसद झाले चाडपर्वको बेलामा अन्य निजी कम्पनीहरुसँग नाफा खानाका लागि एयरलाइन्सको जहाज ग्राउण्डेड गरिएको हो कि भन्ने आशंका पनि उब्जिएको बताए।

२ हप्ता अगाडि

प्रतिक्रिया