घाँसीकुवामा पहिरो जादा पृथ्वी राजमार्ग अवरुद्ध

शुक्रबार, २१ भदौ २०८१, ०८ : ०७

काठमाडौं- तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान गएको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । 

बिहीबार रातिदेखि परेको वर्षाका कारण गएको पहिरोले घाँसीकुवा–डुम्रे खण्ड अवरुद्ध भएको हो । लेदो सहितको पहिरो हटाउने काम भइरहेको छ छिट्टै एकतर्फी सञ्चालन गर्ने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ । 

शुक्रबार, २१ भदौ २०८१, ०८ : ०७

प्रतिक्रिया