नेपाल टेलिकमले हटायो टिकटकमा लगाएको प्रतिबन्ध

काठमाडौं- नेपाल टेलिकमले टिकटकको प्रयोगरपहुँचमा लगाइएको रोक हटाएको छ । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक  माथि लगाएको प्रतिबन्ध हटाएको बिषयमा नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको सार्वजनिक सूचनाको आधारमा नेपाल टेलिकमले टिकटकको प्रयोगरपहुँचमा लगाइएको रोक हटाएको हो ।

नेपाल सरकारले टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परेको भन्दै २०८० कार्तिक २७ गतेबाट सामाजिक सञ्जाल टिकटकमाथि रोक लगाउने निर्णय गरेकोमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१ ०५र०६ को निर्णयबाट प्रतिबन्ध फुकुवा गरिएको हो । टिकटकको प्रयोगरपहुँचमा लगाइएको रोक हटेसँगै अब नेपाल टेलिकमका सेवाग्राहीले सहज तवरले उक्त सामाजिक सञ्जाल प्रयोग गरी लाभ लिन सक्ने कम्पनीको विश्वास रहेको छ  ।
 

३ हप्ता अगाडि

प्रतिक्रिया