भृकुटीमण्डपमा इलेक्ट्रिक प्रदर्शनी सम्पन्न

आइतबार, २३ भदौ २०८१, १६ : ४२

काठमाडौँ - काठमाडौँको भृकुटीमण्डपमा आयोजित तेस्रो नेपाल पावर, लाइट एन्ड इलेक्ट्रिक अन्तर्राष्ट्रिय प्रदर्शनी सम्पन्न भएको छ । 

अपेक्षाअनुसार नै आइतबार सफलतापूर्वक सम्पन्न भएको मेला आयोजक संस्था मिडिया स्पेस सोलुसन प्रालिले जानकारी दिएको हो ।करिब २५ देखि ३० हजारले मेला अवलोकन गर्ने गरिएको अपेक्षा पनि पूरा भएको सो संस्थाका प्रबन्ध निर्देशक सिर्जल भट्टराईले जानकारी दिए । 

प्रदर्शनीमा नेपाली ग्राहकहरूले आफ्नो इच्छा अनुसारको सामग्री कहाँबाट पाइन्छ भन्ने कुराको पनि जानकारी पाएको बताइएको छ । प्रबन्ध निर्देशक भट्टराईले प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको र चौथो संस्करणमा नवीकरणीय ऊर्जा र विद्युतीय यातायातका सामग्रीहरूलाई समावेश गर्ने योजना तय गरिएको पनि बताए ।

एकै छानामुनि अत्याधुनिक एवं नवीनतम प्रविधिका ट्रान्समिसन तथा डिस्ट्रिव्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङहरूबारे जानकारी पाउन मेला महत्त्वपूर्ण भएको अवलोकन कर्ताहरूले बताएका थिए । प्रदर्शनीमा विभिन्न १५० भन्दा बढी कम्पनीहरूका सामानहरूको बारेमा जानकारी लिन सकिने व्यवस्था गरिएको थियो । 

आइतबार, २३ भदौ २०८१, १६ : ४२

प्रतिक्रिया