काठमाडाैं- विभिन्न व्यवसायी, उपभोक्ताहरुले विद्युतीय माध्यमबाट भुक्तानी गरेमा उपभोक्ताले तिरेकाे मूल्य अभिवृद्धि करकाे १० प्रतिशत फिर्ता हुने भएको छ । विभागले गत विहिबार यस्तो निर्णय गरेको हो । उपभोक्ताले मदिरा पिउने(वार)बाट प्रदान गरिने सेवा, चेमनागृहबाट प्रदान हुने सेवा र सबै प्रकारका होटल, मोटल, लज, गेष्ट हाउस, व्यवसायहरुबाट प्रदान गरिने सेवाबाट उपभोक्तालाई १० प्रतिशत फिर्ता हुने आन्तरिक राजस्व विभागले जनाएको छ ।
सूचनामा भनिएको छ,‘ विद्युतीय माध्यमबाट भुक्तानी गरेमा निजलाई नगद प्रोत्साहन स्वरुप भुक्तानी गरेको करको दश प्रतिशत रकम फिर्ता दिने निर्णय गरिएको छ ।’
यस्ताे छ बिभागले जारी गरेकाे सूचनाः
प्रतिक्रिया