ताजा समाचार

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

सोमबार, २४ भदौ २०८१, १२ : ०८

काठमाडौँ - कुमारी बैंक लिमिटेडको २२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ।

बैंकले संस्थापक शेयरधनीको नाममा रहेको २२ हजार ३२७ कित्ता सेयर ३५ दिनभित्र किन्न पाइनेछ। त्यसका लागि बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा निवेदन दिनुपर्नेछ। मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने जनाइएको छ।

विद्यमान संस्थापक सेयरधनीले मात्र यो सेयर किन्न पाउनेछन्। तोकिएको समयावधिभित्र संस्थापकले सेयर नकिने मात्र सर्वसाधारणमा बिक्री खुला गरिने छ।

सोमबार, २४ भदौ २०८१, १२ : ०८

प्रतिक्रिया