‘हिँसा’ शब्द रेकर्डबाट नहटेपछि संसदमा हंगामा

काठमाडौं – ‘हिँसा’ शब्दको कारण संसदमा हंगामा भएको छ । नेकपा (एमाले) का सांसद योगेश भट्टराईले प्रयोग गरेको ‘हिंसा’ शब्द संसदको रेकर्डबाट नहटाएपछि प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले आपत्ति जनाएको हो । 

 भदौ १२ गतेको प्रतिनिधि सभा बैठकमा योगेशले १० वर्षे जनयुद्धलाई ‘माओवादी हिंसा’ भनेका थिए । त्यसप्रति माओवादी केन्द्रका सांसदहरुले आपत्ति जनाउदै सभामुख देवराज घिमिरेसमक्ष ‘हिंसा’ शब्दलाई संसदको रेकर्डबाट हटाउन माग गरेका थिए । 


तर, आजको बैठकमा सभामुख घिमिरिले हिंसा शब्द संसदको रेकर्डबाट हटाउन आवश्यक नदेखिएको जानकारी गराएपछि लफडा शुरु भएको हो । 

माओवादी केन्द्रका सांसद हितराज पाण्डेले संविधानमै जनयुद्ध र सशस्त्र संघर्ष भनेर किटान गरिएको शब्दलाई हिंसाको संज्ञा दिएर सरकारले सहिदहरुको अपमान गर्न खाजेको बताए । 

३ हप्ता अगाडि

प्रतिक्रिया