ताजा समाचार

नेप्सेमा  ७८.१७ अकंले वृद्धि

विहीबार, २७ भदौ २०८१, १५ : १५

काठमाडौँ -  साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ७८.१७ अकंले बढेर परिसूचक २६८८ बिन्दुमा  कायम भएको छ ।

आज ३१८ कम्पनीको १ करोड ९४ लाख ३३ हजार १५४ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार रुपैयाँको कारोबार भएको छ ।

यस दिन बैंकिङ समूहको २.६६ प्रतिशत, विकास बैंक समूहको २.७० प्रतिशत, फाइनान्स समूहको ३.४० प्रतिशत, होटल तथा पर्यटन समूहको २.५० प्रतिशतसहित १२ उपसूचकमा सुधार देखिएको हो । यस दिन ७ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज २२९ कम्पनीको मूल्य बढ्दा १२ कम्पनीको मात्र घटेको हो ।

विहीबार, २७ भदौ २०८१, १५ : १५

प्रतिक्रिया