वाणिज्य सचिव परिवर्तन, ५१ जना सहसचिवहरूको सरुवा

शुक्रबार, २८ भदौ २०८१, ०६ : ११

काठमाडौँ- सरकारले वाणिज्य सचिव परिवर्तन गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले वाणिज्य सचिव परिवर्तन गरेको हो । जसअनुसार हालका वाणिज्य सचिव मधुसूदन बुर्लाकोटीलाई तथ्याङ्क विभागमा सरुवा गरिएको छ ।

त्यस्तै उनको ठाउँमा  ज्ञानेन्द्र कार्कीलाई ल्याइएको एक मन्त्रीले जानकारी दिए ।  बैठकले ५१ जना सहसचिवहरूलाई सरुवा गर्ने निर्णय पनि गरेको छ।

शुक्रबार, २८ भदौ २०८१, ०६ : ११

प्रतिक्रिया