सुदूरपश्चिमको बजेट भोलि आउँदै

आइतबार, ३० भदौ २०८१, १५ : ०२

काठमाडौं – सोडारी नेतृत्वको तत्कालीन सरकारले ल्याएको बजेटलाई परिमार्जन गदैसुदूरपश्चिम प्रदेश सरकारले सोमबार  चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने भएको छ । 
मुख्यमन्त्री कमल बहादुर शाहले शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘जनताको अपेक्षालाई सम्बोधन गर्ने गरी बजेट निर्माणको तयारी पूरा भइसकेको छ । यही भदौ ३१ गते सार्वजनिक गर्नेछौँ ।’ मुख्यमन्त्रीले बजेटका नीति कार्यक्रम यसअघि सदनबाट पारित भइसकेकाले सोही नीति कार्यक्रमलाई आधार मानेर परिमार्जित बजेट ल्याउन लागिएको स्पष्ट पारे । सत्ता समीकरण फेरिएसँगै नेपाल कम्युनिष्ट पार्टी ९एमाले० ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले गत असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको चालु आर्थिक वर्ष २०८१र८२ को बजेट पारित नभई अलपत्र परेको थियो । सोही बजेटलाई परिमार्जन गरेर वर्तमान सरकारले बजेट ल्याउन लागेको मुख्यमन्त्री शाहले जानकारी दिए ।

पूर्ववर्ति सोडारी नेतृत्वको  सरकारले चालू आवका लागि ३१ अर्ब ३२ करोड ९८ लाख रुपैयाँको बजेट प्रदेशसभामा पेस गरेको थियो । योमध्ये चालुतर्फ ११ अर्ब सात करोड १९ लाख रुपैयाँ र पूँजीगततर्फ १७ अर्ब ५३ करोड आठ लाख रुपैयाँ छुट्याइएको थियो । वर्तमान सरकारले ३० अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।

आइतबार, ३० भदौ २०८१, १५ : ०२

प्रतिक्रिया