भोटेकोशी नदीमा बोलेरो जिपसहित बेपत्ता भएका चालकको शव फेला

मंगलबार, ०१ असोज २०८१, ०९ : ३३

काठमाडौं- भोटेकोशी नदीमा बोलेरो जिपसहित बेपत्ता भएका चालकको शव फेला परेको छ । गत भदौ २८ गते सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ ढुंगाखानी स्थित भोटेकोसी नदीमा बोलेरो गाडी खसेर बेपत्ता चालकको शव फेला परेको हो ।

उक्त गाडीका चालक भोटेकोशी गाउँपालिका(५ सानु तामाङको शव  सिन्धुलीको फिक्कल गाउँपालिका(६ स्थित सुनकोशी नदीबाट सशस्त्रको टोलीले सोमबार निकालेको जनाएको छ। तामाङको शव उनका आफन्तले सनाखत गरेको प्रहरीले जनाएको छ।

मंगलबार, ०१ असोज २०८१, ०९ : ३३

प्रतिक्रिया