आगामी चुनावबाट सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने रहर छ : सभापति गौतम

मंगलबार, ०१ असोज २०८१, १२ : ३३

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी चुनावबाट सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने गरी क्रियाशील रहेको जनाएको छ । 

प्रदेशको तर्फबाट रिपोर्ट प्रस्तुत गर्दै सभापति राजन गौतमले आफू चुनाव नलड्न तयार रहेको तर लामिछानेलाई प्रधानमन्त्री बनाउने रहर रहेको बताएका हुन् । 

‘एकपटक रवि लामिछाने प्रम बनाउने रहर छ । बरु म चुनाव लड्दिनँ’, उनले भने । उनले तनहुँ र चितवन उपनिर्वाचनले पार्टीलाई हौस्याएपनि इलाम उपनिर्वाचनले संयमित बनाएको बताए । गण्डकीको हकमा मनाङ र मुस्ताङमा सङ्गठन कमजोर रहेको उल्लेख गर्दै उनले प्रदेशमा पार्टी सञ्चालन गर्न पनि आर्थिक रुपमा सकस भइरहेको बताए । 

‘प्रदेश सञ्चालन खर्च गाह्रो छ, केन्द्रबाट सहयोग छैन’, उनले भने । उनले प्रदेश खारेजी र धर्ममा जनमत सङ्ग्रह गरेर संविधान संशोधन गरिनुपर्ने र ०८४ अघि पार्टी सरकारमा जान नहुने बताए ।

मंगलबार, ०१ असोज २०८१, १२ : ३३

प्रतिक्रिया