एक दिनमा अधिकतम पाँच सय जनाले धरहरा चढ्न पाउने

विहीबार, ०३ असोज २०८१, १० : ४३

काठमाडौँ- सरकारले आजदेखि धरहरा सञ्चालनमा ल्याएको छ । गत भदौ २७ गतेको मन्त्रिपरिषद् बैठकले निर्णय गरी आजदेखि धरहरा सञ्चालन गरेको हो । 

अस्थायी रूपमा नवनिर्मित धरहरा सञ्चालन ल्याएसँगै एक दिनमा अधिकतम पाँच सय जनाले धरहरा चढ्न पाउने सहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले जनाएको छ । तत्कालका लागि शुल्क नलाग्ने जनाएको छ । 

विहीबार, ०३ असोज २०८१, १० : ४३

प्रतिक्रिया