काठमाडाैं- चालु आर्थिक वर्षको पहिलो दुई महिनाको वैदेशिक व्यापार (आयात रनिर्यात) को तथ्यांक सार्वजनिक भएको छ ।
भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार समीक्षा अवधिमा मुलुकलाई वैदेशिक व्यापारतर्फ खुद २ खर्ब ३७ अर्ब ४४ करोड रुपियाँ घाटा लागेको हो । साउन र भदौमा २ खर्ब ६२ अर्ब ५४ करोड २६ लाख २६ हजार रुपैयाँ बराबरको मालवस्तु आयात हुँदै गर्दा यता नेपालबाट जम्मा २५ अर्ब ९ करोड ३१ लाख रुपैयाँ बराबरको मात्र मालवस्तु निर्यात हुन सकेको विभागले जनाएको छ ।
अघिल्लो वर्षको यसै अवधिमा २ खर्ब ५९ अर्ब ७४ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदै गर्दा यताबाट २६ अर्ब ४४ करोड ७० लाख रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको थियो । आर्थिक वर्ष २०८०र८१ को साउन र भदौमा मुलुकको कूल व्यापार घाटा २ खर्ब ३३ अर्ब ३० करोड रुपैयाँ रहेको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष आयात केहीँ बढ्दै गर्दा यता निर्यात भने घट्न पुगेको छ । समीक्षा अवधिमा नेपालको आयात र निर्यात अनुपात १०।४६ प्रतिशत रहेको छ । अर्थात् ८९।५४ रुपैयाँ बराबरको वस्तु आयात हुँदैगर्दा यताबाट जम्मा १०।४६ रुपियाँ बराबरको मात्र वस्तु निर्यात हुन सकेको छ ।
प्रतिक्रिया