काठमाडाैं - आज वि।सं।२०८१ साल असोज महिनाको १० गते बिहीबार आश्विन कृष्णपक्षको नवमी तिथि ।
मेष
साझेदारीका कामहरुमा लाभ उत्पन्न हुने छ । बोलीको प्रभावमा बढोत्तरी हुने छ । आर्थिक सहजता उत्पन्न हुने छ । पेशागत जीवन मध्यम खालको हुने छ । शेयर क्षेत्र पनि औसत खालको रहने छ ।
वृष
भविष्य प्रति चिन्तले मनमा भय उत्पन्न गराउने छ । नकारात्मक विचारले मनमा सताउने छ । दाम्पत्य जीवनमा कटुताको अवस्था आउने छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।
मिथुन
कर्मशिलता प्राप्त हुँदा व्यावसायिक जीवनमा पनि लाभ मिल्ने छ । परिवारमा शान्तिपूर्ण वातावरण कायम हुने छ । शेयर बजारबाट लाभ मिल्ने छ ।पेशागत जीवन मध्यम खालको रहने छ भने आर्थिक अवस्थामा केही कमजोरी देखा पर्ने छ । यात्रामा भने सफलता प्राप्त हुने छ ।
कर्कट
मेहनत र पराक्रमी बानीमा भने कमि आउने र आलस्यताले सताउने छ । ब्यक्तित्वमा केही गिरावट आउने छ ।भाग्यको बलियो साथ रहेको छ । थोरै सक्रियतामा पनि उच्च प्रतिफल प्राप्त हुने छ । आम्दानीमा बृद्धि हुने छ ।
सिंह
यात्रामा उत्साह आउने छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।अरुको विश्वास आर्जन गर्न सकिने छ । मित्रहरुको साथ र समर्थनले सामुहिकताको भावना जागृत हुने छ ।
कन्या
आफुले राम्रो सोच्दा सोच्दै पनि परिवारका सदस्यहरुले मर्म बुझिदिने छैनन् । समय प्रतिकुलताबाट गुज्रने छ । आर्थिक पक्ष सवल रहने छ ।
तुला
पेशागत जीवनमा अवरोधहरुको सामना गर्नुपर्ने छ । साझेदारीमा गरिएका कामहरुमा पनि समस्याहरु देखा पर्ने छ । सन्तानका गतिबिधिबाट लज्जित हुनु पर्ने छ । प्रतिकुल समय चलिरहेकाले संयमित रहनु होला । शेयर बजारमा गुमाउनु पर्ने समय चलिरहेको छ ।
वृश्चिक
मनोबल उच्च रहने छ । तर आलोचना गर्नेहरुको संख्यामा बढोत्तरी हुने छ । रिस धेरै उठ्न जाने भएकाले संयमित रहनु होला । यात्रामा कठिनाई भोग्नु पर्ने छ ।
धनु
दृढतामा बृद्धि हुने छ । कठिन कठिन कार्यमा अघि बढ्न मन लाग्ने छ । तर मनमा अस्थिर खाले विचारहरु बढि आउने छन् । पेशागत जीवनमा आफू अनुकुल अवस्था निम्तिने छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।
मकर
उच्च मनोबल भएको र आँटिलो व्यक्तित्व बन्ने छ । मनमा सकारात्मक विचारहरु आउने र आँटेका कामहरु अघि बढ्ने छन् । देखा परेका समस्याहरु समाधानतर्फ जाने छन् । शेयर बजारबाट फाइदा मिल्ने छ ।
कुम्भ
पेशा ब्यवसायमा सकारात्मक लाभ मिल्ने छ । आम्दानीमा सन्तोषजनक अवस्था नै हुने छ । बोलीको क्राममा अलि कडा शैली हुने भएकाले ध्यान दिनु होला । परिवारको साथले जीवनमा ठुलो भुमिका खेल्ने छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।
मीन
औसत समय चलिरहेको छ । धेरै जोखिमले भरिएका काम भन्दा औसत यात्रालाई ध्यान दिनु ठिक हुने देखिन्छ ।विश्वास गरेका व्यक्तिहरुबाट धोका हुने चुनौति रहने छ । शेयर बजारबाट लाभ हुने छैन् ।
प्रतिक्रिया