यी राशिलाई आज हुन सक्छ आर्थिक कारोबारमा लाभ

आइतबार, २० असोज २०८१, ०७ : ०३

काठमाडाैँ- आज वि।सं।२०८१ साल असोज महिनाको २० गते आइतबार, आश्विन शुक्लपक्षको चतुर्थी तिथि । आज दूर्गापक्षअन्तर्गत चौथो दिन ।

मेष 
शेयर क्षेत्रमा गुमाउनु पर्ने छ । विगतका गरिएका निर्णयका नकारात्मक नतिजा देखा पर्ने छ । आर्थिक क्षेत्र औसत रहने तथा पेशागत क्षेत्रमा पनि राम्रो प्रदर्शन हुन सक्ने छैन् । सकारात्मक दृष्टिकोण भन्दा नकारात्मक सोच हावी हुने छ । 

वृष 
शेयर बजारबाट लाभ मिल्ने छैन् ।पेशा तथा ब्यापार प्रति भने लगाव रहने बानी कायम रहने छ । जोखिमले भरिएका क्षेत्रमा कार्यरतहरुले गुमाउने छन् । 

मिथुन 
शेयर क्षेत्रबाट आंशिक फाइदा मिल्ने छ । सन्तानका गतिबिधिले सन्तोष मिल्ने छैन् । मनोबलमा बृद्धि हुने भएता पनि आक्रामकतामा पनि बढोत्तरी हुने भएकाले विचार गर्नुहोला । 


कर्कट
शेयर बजारबाट केही राहत मिल्ने छ । पेशागत जीवनमा कठोरतम संघर्षको अवस्था आउने छ । भइरहेको मान प्रतिष्ठामा गिरावट आउने छ ।  पारीवारिक सदस्यहरुबीच तनावले आफैलाई पनि तनाव थप्ने छ । 

सिंह
शेयर क्षेत्रबाट कमाई हुने छ । समय अनुकुल छ । यात्रामा सफलता प्राप्त हुने छ । बोलीको प्रभाव बढ्ने हुँदा अरुले विश्वास गर्ने छन् । पेशागत जीवनमा पनि सफलता प्राप्त हुने छ । 

कन्या
शेयर क्षेत्रमा सुधार देखिने छैन् । जीवनसाथिको भरपुर साथ मिल्ने छ । आर्थिक जीवनमा धरमर आउने छ । कर्मशिलतामा बृद्धि भए तापनि त्यसको नतिजा सन्तोषजनक गरि मूल्यांकन हुने छैन् । परिवारमा तनाव देखिन्छ । 

तुला 
शेयर क्षेत्रबाट केही नाफा हुने छ । आफैले विश्वास गरेकाहरुबाट धोका सहनु पर्ने छ । तामसी भोजनमा मन जाने छ । साथिभाइहरुसँग बिछोड हुने छ । प्राकृतिक प्रकोपको सामना गर्नु पर्ने छ । ब्यापार विजनेशमा नोक्सानी व्योहर्नु पर्ने छ । द्वन्दको सामना गर्नु पर्ने भएकाले संयमित रहनु होला । 

वृश्चिक
शेयर बजार लाभदायी रहने छ । समयमा सुधार आउने छ । कमाई र बचतमा थोरै बृद्धि देखिने छ । मनोबलमा बृद्धि हुन पुग्ने छ । पेशागत जीवनमा पनि केही राम्रा संकेतहरु देखा पर्ने छन् । यात्रामा कठिनाईको सामना गर्नु पर्ने छ । परिवारमा मधुरता आउने छ । आथिक जीवनमा पनि केही राहत मिल्ने छ ।

धनु 
शेयर बजारमा गुमाउने अवस्था देखिन्छ । प्रकृतिक प्रकोपको भय रहने छ । पेशागत जीवनमा तनाव झेल्नु पर्ने छ । आर्थिक रुपमा दबाबको सृजना हुने छ । मनमा भविष्यको चिन्ताले पिरोल्ने छ । परिवारमा द्वन्द आउने तथा त्यसले परिवारमा आक्रोशको अवस्था ल्याउने छ । 

मकर 
शेयर क्षेत्रमा लाभ हुने छैन् । मित्रहरुसँग मिलन हुने छ । यात्रामा कठिनाईका कारण तनाव झेल्नु पर्ने छ । परिवारका सदस्यहरुबीच मधुरता उत्पन्न हुने छ । आर्थिक पक्ष सवल बन्ने छ । पेशागत जीवनमा कदर र थप जिम्मेबारी प्राप्त हुने छ । 

कुम्भ 
शेयर क्षेत्र जोखिमपूर्ण रहने छ । आकस्मिक रुपमा आम्दानीमा बृद्धि हुने छ । पेशागत जीवनमा लय उत्पन्न हुने छ । जीवनसाथिको साथले उत्साह र उमङ्ग प्राप्त हुने छ । सामाजिक जीवनबाट मान मर्यादा प्राप्त हुने छ । प्रशासनिक झमेलाबाट गुज्रने चुनौति देखिन्छ । यात्रामा अनुकुलता भन्दा प्रतिकुलताको सामना गर्नु पर्ने छ । 

मीन
शेयर क्षेत्रबाट कमाई हुने छ । कर्मशिलता थपिने छ । आम्दानी भने औसत खालको रहने छ । ब्यापार विजनेशमा नयाँ उत्साह आउने छ । जीवनसाथिको साथले आँट र भरोषा प्राप्त हुने छ । आफूले दिएको सल्लाह अरुले त्यत्ति मान्ने छैनन् । निन्द्रामा समस्या देखिने छ ।

 

आइतबार, २० असोज २०८१, ०७ : ०३

प्रतिक्रिया