काठमाडौं- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झन्डै पौने दुई अर्ब रुपैयाँ जम्मा भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषमा हालसम्म एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ रुपैयाँ रकम जम्मा भएको हो । असोज २३ गतेसम्म उद्धार कोषमा एक अर्ब ७३ करोड छ लाख ३२ हजार दुई सय ९० रुपैयाँ जम्मा भएको थियो ।
त्यसयता स्वर्ग पवित्रा सत्य सुन्दर समाजले तीन लाख, (एसआइएमओएन) ले एक लाख ९३ हजार एक सय १, विद्युत् उत्पादन कम्पनीले पाँच लाख ९६ हजार सात सय ४५, साल्ट ट्रेडिङ्ग कर्पोरेसनले ६० लाख, (एनआरएनए) ले ५१ लाख, नेशनल इन्सुरेन्स कम्पनी दश लाख जम्मा गरेका छन् ।
यस्तै राष्ट्रिय समाचार समितिले तीन लाख २६ हजार ३८, सोनापुर टोल विकास संस्थाले १३ हजार तीन सय १५, झरबारी टोल विकास समितिले तीन हजार, नेपाल प्रहरी श्रीमती सङ्घले पाँच लाख ५५ हजार पाँच सय ५५, विधाधर मल्लिकले सात हजार छ सय ७१ रुपैयाँ सहयोग गरेको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया