भगवती हाइड्रोपावरको नगद लाभांश शेयरधनीको खातामा जम्मा

विहीबार, ०१ कार्तिक २०८१, १२ : २६

काठमाडौं- भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको नगद लाभांश शेयरधनीको बैंक खातामा पठाएको छ ।

कम्पनीको असोज १६ गतेको २४औं वार्षिक साधारणसभाबाट पारित १० दशमलव ७३६८ प्रतिशत नगद लाभांश ९कर समेत० सम्बन्धित शेयरधनीको बैक खातामा पठाएको हो । कम्पनीले उक्त लाभांश असोज २१ गतेदेखि पठाइएको बताएको छ ।

साथै लाभांश प्राप्त गर्न बाँकी शेयरधनीलाई कम्पनीले डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक गर्न तथा शेयर अभौतिकीकरण गर्न आग्रह समेत गरेको छ । शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

विहीबार, ०१ कार्तिक २०८१, १२ : २६

प्रतिक्रिया