काठमाडौँ- विद्युत् उत्पादन बन्द हुँदा पाँचथर पावरले आर्थिक वर्षको पहिलो त्रैमासमा घाटा ब्योहोरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनी ३ करोड १ लाख रुपैयाँ नोक्सानीमा छ ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ८ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो । चालु आवको पहिलो त्रैमासमा कम्पनीको आम्दानी शून्य छ । आम्दानी शून्यका बाबजुद विभिन्न खर्चका कारण कम्पनी नोक्सानीमा गएको हो ।
२०८० असार मसान्तमा आएको बाढीले आयोजनामा क्षति पुर्याएपछि विद्युत् उत्पादन हुन सकेको छैन । जसले गर्दा आम्दानी हुन नसकेको कम्पनीले स्पष्ट पारेको छ । आयोजना निर्माण सम्पन्न हुन अझै ३ महिना लाग्ने अनुमान रहेको कम्पनीले जनाएको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ १३ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ९८ रुपैयाँ ९२ पैसा छ । बुधवार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २६२ रुपैयाँ छ ।
प्रतिक्रिया