प्राधिकरणले काट्यो ४३ उद्योगको विद्युत् लाइन

शुक्रबार, ०९ कार्तिक २०८१, १२ : १२

काठमाडौँ - नेपाल विद्युत प्राधिकरणले डेटिकेटेड फिडर र ट्रंक लाइनबापतको बक्यौता विद्युत महसुल नबुझाएको भन्दै ४३ उद्योगको विद्युत् लाइन काटिदिएको छ।

विद्युत प्राधिकरणले सोनापुर सिमेन्ट, अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, भलवारी स्वचालित कारखाना, हुलास स्टिल, अशोक स्टिल, हिमाल आइरन एण्ड स्टिल, श्याम प्लास्टिक उद्योगलगायत कारखानाको विद्युत काटिदिएको छ।

गत असोज २४ गते प्राधिकरणले सूचना प्रकाशित गरेर ४९ उद्योगलाई २०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड फिडर तथा ट्रंक लाइन वापतको बक्यौता बुझाउन ताकेता गरेको थियो।

उनीहरूलाई कात्तिक ८ गतेसम्मको समय सीमा दिएको थियो। तर त्यो समयसम्म पनि महशुल नतिरेकाले लाइन काटिएको प्राधिकरणले जनाएको छ ।
 

शुक्रबार, ०९ कार्तिक २०८१, १२ : १२

प्रतिक्रिया