रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

शनिबार, १० कार्तिक २०८१, ०६ : ५६

काठमाडाैँ- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्दै छ। शनिबार दिउँसो १ बजे चःमतिस्थित पार्टी कार्यालयमा केन्द्रीय समितिको औपचारिक बैठक हुने रास्वपाले जनाएको छ। 

शुक्रबार बसेको अनौपचारिक छलफलबाट शनिबार केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेअनुसार  शनिबार बैठक बोलाइएको हो। बैठकमा छलफलका लागि तीन विषय तोकिएको छ।समसामयिक राजनीतिक गतिविधि, आगामी कार्यदेश र विविध विषयमा छलफल हुने रास्वपाले जनाएको छ।

शनिबार, १० कार्तिक २०८१, ०६ : ५६

प्रतिक्रिया