काठमाडौं- नेकपा(एमाले)का नेता विष्णु रिजालले रास्वपाका नेताहरुलाई गम्भीर आरोप लगाएका छन् । उनले दिउँसोमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्ने गरेको र साँझमा बालुवाटार पुगेर पार्टी सभापति रवि लामिछानेलाई जोगाइदिन हारगुहार गर्ने गरेको आरोप लगाएका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दिनभरि प्रधानमन्त्रीका विरूद्धमा व्यक्तिगत रूपमा गालीगलौज गर्ने, शब बनाएर दाहसॉस्कार गर्ने जस्तो अशोभनीय काम गर्ने, नामै लिएर लाञ्छना लगाउने रास्वपाका साथीहरू राती-राती कुन मुख लिएर बालुवाटारमा कुरेर ‘रविजीलाई बचाइदिनुपर्यो, लौ न’ भनेर हारगुहार गर्दा हुन् रु यति हेक्का राखे हुन्छ( राजनीतिमा धैर्य र इमान चाहिन्छ । जे गर्छ, कानुनले गर्छ । डोलप्रसादजी र सन्तोषजीले सम्माननीय प्रधानमन्त्रीज्यूलाई अनुरोध गरे जस्तो उहॉले चाँहदैमा मुद्दा फिर्ता सम्भव हुन्न।’
सहकारी ठगी प्रकरणमा सभापति लामिछाने पक्राउ परेपछि रास्वपाले चरणबद्ध आन्दोलन गर्दै आइरहेको छ । मंगलबार बालुवाटार क्षेत्रमै रास्वपाले प्रदर्शन गरे पछि नेता रिजालले यस्तो आरोप लगाएका हुन्।
प्रतिक्रिया