विन्ध्यावासीनी हाइड्रोपावको लाभांश घोषणा

बुधबार, १४ कार्तिक २०८१, १२ : ४३

काठमाडौं-  विन्ध्यावासीनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको ८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

कम्पनी सञ्चालक समितिको कात्तिक १३ गते बसेको सञ्चालक समिति बैठकको निर्णयले लाभांश घोषणा भएको हो । प्रस्तावित लाभांश पारितका लागि कम्पनीले मङ्सिर ६ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको कार्यालय परिसर नयाँ बानेश्वर काठमाडौंमा हुने जानकारी दिएको छ । सभा बिहान ११ बजे शुरु हुनेछ । 

सभाले ८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै गत आव २०८०÷८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखारिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै सभाले कम्पनी एने बमोजिम कम्पनीको सञ्चालक समितिको सख्या संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ ।  साधारण सभा प्रयोजनको लागि कम्पनीले कात्तिक २८ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा कात्तिक २७ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । 

बुधबार, १४ कार्तिक २०८१, १२ : ४३

प्रतिक्रिया