डेडिकेटेड र ट्रंक लाइनको महशुल उठाउन विद्युत नियमन आयोगको निर्देशन

विहीबार, १५ कार्तिक २०८१, १० : ०७

काठमाडौं- डेडिकेटेड र ट्रंक लाइनको महशुल उठाउन विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ। 

आयोगका सचिव मनदेवी श्रेष्ठले आज प्राधिकरणलाई पत्राचार गर्दै विसं २०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महशुल असुल गर्न आग्रह गरेका हुन्।

आयोगले प्राधिकरणबाटै उपयुक्त अनुपातमा रकम तोकिदिने र यसअघि महशुल नबुझाएको कारणबाट लाइन काटेको भए पनि ग्राहकले त्यस्तो रकम बुझाएपछि तत्कालै विद्युत लाइन जोडिदिनसमेत आग्रह गरेको छ।

विद्युत् महशुलको परिणाम वा अन्य कुनै पक्षउपर पछि आधिकारिक निकायबाट जाँचबुझ भई रकम फरक परेको पुष्टि भएमा उक्त रकम असुल भइसके पनि त्यसपछिका बिलमा समायोजन गर्दै जाने आयोगले उल्लेख गरेको छ।

bidhut-niyaman__f0oUQFXI0n


 

विहीबार, १५ कार्तिक २०८१, १० : ०७

प्रतिक्रिया