१४ महिना जेल सजाय भुक्तान गरेर रिहा भए महरापुत्र

विहीबार, १५ कार्तिक २०८१, १८ : १७

काठमाडौं- नेकपा(माओवादी केन्द्र)का  नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल रिहा भएका छन्। 

सुन तस्करी प्रकरणमा पक्राउ परेर पुर्पक्षका लागि कारागार चलान भएका राहुल १४ महिना पछि रिहा भएका हुन्। 

२०७९ पुस १० गते दुबईबाट विद्युतीय चुरोट ‘भेप’ मार्फत लुकाएर ल्याएको सुन छुटाउन बारम्बार विमानस्थलका कर्मचरारीसँग राहुलले फोन सम्पर्क गरेको देखिएको थियो।  उनलाई २०८० भदौ १३ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको थियो। 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशव पोख्रेलले उनलाई  पुर्पक्षका लागि १४ महिना थुनामा राख्ने आदेश दिएको थिए। उनी पक्राउ परेको दिनदेखिको जेल सजाय गणना गरेर मंगलबार रिहा भएको कारागार स्रोतले जानकारी दिएको छ।

विहीबार, १५ कार्तिक २०८१, १८ : १७

प्रतिक्रिया