काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तिहार, नेपाल सम्बत, छठ, फाल्गुनन्द जयन्ती लगायतका पर्वको अवसरमा शुभकामना दिएका छन्।
उनले शुक्रबार यी चाडपर्वहरुको अवसरमा शुभकामना दिँदै नेपालीहरुका बीचमा आपसी एकता , सामाजिक सद्भाव र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकता कायम गराउन विशिष्ट योगदान पुर्याएको बताएका छन्। अध्यक्ष प्रचण्डले विविधतायुक्त सांस्कृतिक ऐक्यबद्धता नेपालीको मौलिक पहिचान भएको बताउँदै सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास समृद्धिका मूल आधार रहेको जनाएका छन्।
उनले यो वर्ष बाढी पहिराका कारण मुलुकले ठूलो क्षति व्यहोरेकाले यस संकटको अवस्थाबाट सम्हालिँदै आफ्नो सांस्कृतिक पर्व मनाउन आग्रह गरेका छन्।
प्रतिक्रिया