प्रहरी महानिरीक्षक कुँवर बेलायत प्रस्थान

आइतबार, १८ कार्तिक २०८१, ०९ : ३३

काठमाडौं- प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर इन्टरपोलको ९२औं महासभामा सहभागी हुन आज (आइतबार) बिहान संयुक्त राज्य बेलायत प्रस्थान गरेका छन्। 

इन्टरपोल महासचिवालयको आयोजनामा संयुक्त राज्य बेलायतको ग्लास्गोमा कात्तिक १९ देखि २२ गतेसम्म संचालन हुने महासभामा सहभागी हुन कुँवर बेलायततर्फ प्रस्थान गरेका प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

महानिरीक्षक कुँवरसँग महासभामा सहभागी हुन सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनी कुमार पोखरेल र इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहसमेत बेलायत प्रस्थान गरेका छन्।
 

आइतबार, १८ कार्तिक २०८१, ०९ : ३३

प्रतिक्रिया