रवि लामिछानेलाई बुटवल लैजाने तयारी

सोमबार, १९ कार्तिक २०८१, १२ : ३६

काठमाडौं- सहकारी ठगी प्रकरणमा पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई बुटवल लैजान लागिएको छ।
गत साता नै जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लामिछानेलाई बुटवलमा उपस्थित गराउन कास्की प्रहरीलाई पत्राचार गरेको थियो।

जिल्ला अदालत कास्कीले अनुसन्धान गर्न दिएको म्याद १४ गते सकिए पनि तिहार बिदाका कारण लामिछाने प्रहरी हिरासतमै रहेका छन्।बुटवलको सुप्रिम सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित १२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतले कात्तिक ८ गते पक्राउ पुर्जी जारी गरेको थियो। 

प्रहरीले अदालतको अनुमति अनुसार कास्की प्रहरीलाई बुटवलमा उपस्थित गराउन पत्राचार गरेको र  बुटवल ल्याउने तयारी भइरहेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिएका छन्।  
 

सोमबार, १९ कार्तिक २०८१, १२ : ३६

प्रतिक्रिया